रामेछाप । फागुन ९ गते,
रामेछापको लिखुतामाकोशी(२ सैपुमा अन्तर मावि भलिबल प्रतियोगिता हुने भएको छ । अरुणोदय माध्यामिक विद्यालय फेदीको आयोजनामा फाल्गुन २४ देखि २७ गतेसम्म लिगकम नग आउटको आधारमा छात्र भलिबल प्रतियोगिता हुने भएको हो । दुई लाखभन्दा बढी पुरस्कार राशी रहेको प्रतियोगितामा रामेछाप र ओखलढुंगा जिल्लाका विद्यालयका विद्यार्थी सहभागी हुन सक्ने प्रधानाध्यापक सन्तोष पौडेलले जानकारी दिनुभयो । विद्यालयको इतिहासमा पनि पहिलो पटक यस्तो प्रतियोगिता आयोजना गर्न लागिएको उहाँको भनाई छ। सैपुस्थित अरुणोदय माध्यामिक विद्यालयको प्राङगणमा हुने प्रतियोगितामा पुरस्कार राशि विद्यालय स्तरमा जिल्लामा सञ्चालित प्रतियोगितामध्येकै सर्वाधिक रहेको पौडेलले दाबी गर्नुभयो । प्रतियोगितामा प्रथम हुनेले एक लाख, द्वितीयले पचाँस हजार र तृतीयले ३० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र र सान्त्वना टीमले १५ हजार मेडल, प्रमाणपत्र प्राप्त गर्ने प्रधानाध्यापक पौडेलले बताउनुभयो । राज्यले खेलकूदको विकास गर्न नसकेको अवस्थामा विद्यालय तहबाट नै प्रतियोगिता आयोजना गर्दा खेलाडी उत्पादनमा थप टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको पौडेलको भनाई छ। प्रतियोगितामा ब्लकर, सेटर, स्पाइकर, डिफेन्डर, सर्वर, वेष्ट प्लेयरका विद्याका उत्कृष्ट खेलाडीलाई पनि ५र५ हजार पुरस्कार दिइने विद्यालयका खेल शिक्षक अनिष राउतले बताउनुभयो । उहाँका अनुसार प्रतियोगितामा ९ जना खेलाडि, टीम कोच र खेल शिक्षक उपस्थित हुनुपर्ने प्रावधान छ। विद्यालयको चारकोठे भवन उद्घाटनको अवसर पारेर भलिबल खेल प्रतियोगिताको आयोजना गरिएको हो।
रामेछापको सैपुमा अन्तर मावि भलिबल प्रतियोगिता हुने
- प्रकाशित मिति: आइतबार, फाल्गुन ९ २०७७
- तामाकोशी