रामेछाप तिल्पुङ ताप्केमा बृहत सास्कृतिक कार्यक्रम हुदै

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ३ २०७७
  • तामाकोशी

रामेछाप । जिल्लाको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ७ तिल्पुङ ताप्केमा बृहत सास्कृतिक कार्यक्रम हुने भएको छ ।
श्री पन्चकन्यादेवी मन्दिर समाज लिखु तामाकोशी गाउँपालिका ७ ताप्केको आयोजनामा आउदो फाल्गुन ५ गते उक्त बृहत कार्यक्रम हुने भएको हो । कार्यक्रममा विभिन्न रास्ट्रीय स्तरका ख्याती प्राप्त कलाकारहरूले भरपुर मनोरञ्जन दिने आयोजकले जानकारी दिएको छ । पछिल्लो समयका निक्कै चर्चित कलाकार एवं रामेछाप सास्कृतिक कलाकार समाजका बरिस्ठ उपाध्यक्ष कुमार कार्की, कल्पना सुनुवार, सविन चौहान, मुना सुवेदी लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति कार्यक्रमको मुख्य आकर्षकको रुपमा रहने जनाइएको छ ।
गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर खड्काको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ । श्री पन्चकन्यादेवी मन्दिर समाजले बार्षिकरुपमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको कार्यक्रम संयोजक सुशीला बुढाथोकीले जानकारी दिइन ।