हुति छ भने गोविन्द खड्कासंग चुनाव लड्न आउनुस् (भिडियो सहित)

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १ २०७७
  • तामाकोशी

रामेछाप । लिखुतामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर खड्काले हुति छ भने आफुसंग चुनाव लडेर देखाउन चुनौति दिएका छन् । शुक्रबार धोवीमा छारमेन्दो समुहद्धारा आयोजित तामाङ समुदायको पर्व सोनाम ल्होसार कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले उक्त चुनौति दिएका हुन् ।
उनले भने “गोविन्द खड्कासंग चुनाव लड्न टोपी लाएर आउनुहुन्छकी, टोपी खोलेर आउनुहन्छ ? तयार रहनुस्, त्यतिखेर यिनै जनताले ठेगान लाइदिनेछन् ।” निर्दोष व्यक्तिलाई तानामुना लाएर फसाउनेहरुलाई आफुले पनि त्यत्तिकै नछाड्ने, त्यसको लागि आफ्नो साथमा आम जनता रहेको जिकिर गरे । बाँकी भिडियोबाट…..