काठमाडौं । हरि गिरी (बिमर्श) र बबिना किरातिको स्वरमा ‘आएन चाईनाको रेल’बोलको गित सार्वजनिक भएको छ । गायक हरि गिरी (बिमर्श शब्द संगीत तथा कृष्ण भाज्नाको संगीत संयोजन रहेको गितको म्युजिक भिडियो बले इन्टरटेनमेन्टको अफिसियल युटुब च्यानलबाट पहिलो बले अभिनित अफिसियल म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
पछिल्लो समय युवा पुस्तामा निकै नै लोकप्रिय रहेका युवा मोडल हास्यकलाकार सागर लम्साल”बले”ट्विन्स गर्ल प्रिज्मा प्रिन्सी सहितको अभिनय रहेको गीतको म्युजिक भिडियो गम्भीर बिष्टले निर्देशन गरेका हुन भने माधव श्रेष्ठले कोरियोग्राफ गरेका हुन् । छायांकन नबराज उप्रेतीले गरेका हुन् भने भिडियोको सम्पादन नबिन निरौलाले गरेका हुन । बिगत केहि बर्ष देखि म्युजिक भिडियो देखिन थालेका सागर लम्साल अभिनित दर्जनौ म्युजिक भिडियो बजारमा आईसकेका छन् । अभिनयको सिलसिलामा उनि एक हाश्यकलाकार हुन् तर उनि नाच्न पनि उत्तिकै माहिर छन् ।
प्रिन्सी र प्रिज्मा खतिवडासंगै धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका बले नेपालि सांगीतिक क्षेत्र भित्रका धेरै मोडलहरुसंग अभिनय गरिसकेका छन् । प्रिन्सी र प्रिज्मा खतिवडासंगको सहकार्यमा केहि महिना देखि म्युजिक भिडियो बजारमा आएका थिएँनन । दर्शक स्रोतलाई भने भ्रम परिसकेको थियो । केहि हप्ता अगाडी बजारमा आएको प्रताप दास र सपना घिमिरे पौडेलको स्वरमा रहेको”मेरो रातो गलबन्दी”बोलको गीतको म्युजिक भिडियोमा ट्विन्स गर्ल स्मारिका र समारिका ढकालसंग देखिदा दर्शक स्रोताले पुरानो ट्विन्स गर्ललाई छोडेका हुन् त् ? भनेर अडकलबाजी थापेका थिए । तर त्यो भने हैन । उनि एक कलाकार हुन् जोसित पनि अभिनय गर्न सक्छन र अभिनय गर्दै पनि आएका छन् ।
हेर्नुहोस भिडियो :