प्रतिनिधिसभाको निर्वाचन घोषणा सङ्गै मतदाता नामावली सङ्कलन स्थगित

  • प्रकाशित मिति: बुधबार, पुष ८ २०७७
  • तामाकोशी

काठमाण्डौ । पौष ८ गते,
निर्वाचन आयोगले मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको छ । आउँदो बैशाख १७ र २७ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा भएकाले ७७ वटै जिल्लामा भइरहेको मतदाता नामावली सङ्कलनको काम स्थगित गरेको आयोगले जनाएको छ । अद्यावधिक चुनावका लागि तयारी गर्नुपर्ने भएकाले तत्कालका लागि मतदाता नामावली स्थगित गर्नुपरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । आयोगले अहिलेसम्म सङ्कलन भएका मतदाता नामावलीलाई अद्यावधिक गरेर मतदाताको सूचीमा समावेश गर्ने जनाएको छ । त्यसका लागि आयोगले प्रक्रिया अघि बढाउने जनाएको छ ।