कर्कट, कन्या, बृश्चिक र मकर राशिका लागि निकै शुभ छ आजको दिन, राशिफल

  • प्रकाशित मिति: मंगलबार, मंसिर ३० २०७७
  • तामाकोशी

मिति २०७७ साल मंसिर ३० गते मंगलबार । ईश्वी सन् २०२० डिसेम्बर १५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । मंसिर शुक्लपक्ष । तिथि–प्रतिपदा।

मेष
आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ। आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् ।



बृष
मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्‍याएर निर्णय लिनु राम्रो होला । दाम्पत्य जीवनमा निराशा छाउला । अध्यनअध्यापन मध्यम रहनेछ । आर्थिक अवस्था सुधारोन्मुख हुनेछ ।

मिथुन
रमाइलो यात्राको सम्भावना छ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पराजित हुनेछन् । न्यायीक क्षेत्रमा सफलता मिल्नेछ । विपरित लिंगप्रतिको आकर्षण बढ्नेछ ।

कर्कट
उपहार प्राप्त होला । बादबिवादमा तपाईँकै जित होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ ।

सिंह
पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला । अध्ययन अध्ययापन सफल हुनेछ ।

कन्या
शुभ समाचार सुन्न पाइएला । कला र गलाको प्रभाव बढ्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउला । सन्तान सुखको योग छ। अधुरा कार्यहरू पूरा हुँदै जानेछन् ।

तुला
महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ । शुभ समाचार सुन्न पाउनु हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

बृश्चिक
नयाँ अवसर आउन सक्नेछन् । रमणीय यात्राको योग छ । धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछ । प्रणय सम्बन्ध श्रेष्ठकर हुने योग छ ।

धनु
विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ । परिवारमा कलह हुन सक्छ । अध्ययन अध्ययापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

मकर
मनमा हर्ष, उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ । वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ ।

कुम्भ
अधुरो काम पूरा हनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ ।

मीन
बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला । आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ ।