पेट्रोल,डिजेल र मटितेलको मूल्य बढ्यो

  • प्रकाशित मिति: आइतबार, मंसिर २८ २०७७
  • तामाकोशी

काठमान्डौ, २८ मंसिर । शनिबार राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलमा एक रुपैयाँ र डिजेल तथा मटितेलमा दुई रुपैयाँले नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १०८ रुपैयाँ पुगेको छ भने डिजेल तथा मटितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर कायम भएको निगमले जानाएको छ ।



डिसेम्बर एकमा आईओसीबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार इन्धनको भाउ बढेका कारण स्वचालित मूल्य कार्यान्वयन कार्यविधिअनुसार मूल्य समायोजन गरिएको निगमको दाबी छ ।