बालयौ’न दूराचारको आरोपमा फ्रान्सेली नागरिक पक्रा’उ

  • प्रकाशित मिति: मंगलबार, मंसिर १६ २०७७
  • तामाकोशी

काठमाडौं । बाल यौ’न दूराचारको आरो’पमा एक फ्रान्सेली नागरिक पक्रा’उ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पोखराका १२, आठ र सात वर्षीय तीन नाबालकलाई यौ’न दूराचार गरेको आरो’पमा फ्रान्सका ६० वर्षीय क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई सोमवार पक्रा’उ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एंव प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले पोखरा महानगरपालिका-१७ बिरौटा पावर हाउसस्थित फुर्सेखोला बगर किनारामा यौ’न दूराचार गरिरहेको अवस्थामा नौगारेटलाई प्रहरीले पक्रा’उ गरेको जानकारी दिए । प्रहरीले यौ’न दूराचारीमा परेका तीन नाबालकलाई समेत उद्धार गरेको छ । उद्धार गरिएका नाबालकलाई अभिभावकको जिम्मा लगाइसकेको छ ।



पक्रा’उ नौगारेटविरु’द्ध बालयौ’न दुरुपयोग तथा आप्राकृतिक मैथु’न गरेको कसुरमा आवश्यक अनुसन्धान गरी कारवा’ही प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीलाई बुझाएको ब्यूरोले जनाएको छ । पक्रा’उ परेका नौगारेट गैर पर्यटकीय भिसामा नेपाल आई पोखरामा बस्दै आएको प्रवक्ता पाण्डेले बताए ।
रासस