कोरोना संक्रमित सन्दीप लामिछाने अस्पताल भर्ना

  • प्रकाशित मिति: सोमबार, मंसिर १५ २०७७
  • तामाकोशी

१५ मंसिर, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।