कक्षा १२ को फिजिक्स परीक्षा के फेरि हुने भएको हो ?

  • प्रकाशित मिति: बिहिबार, मंसिर ११ २०७७
  • तामाकोशी

काठमान्डौं । १२ कक्षाको अहिले सन्चालित परीक्षाबारे सामाजिक सन्जालमा विभिन्न भिडियो सार्वजनिक भएपछि बुधबारदेखि एकाएक ११ मंसिरमा लिइएको फिजिक्स परीक्षा रद्द गरिएको सूचना आइरहेको छ ।

तर, राष्ट्रिय परीक्षा बोर्डले यसको औपचारिक जानकारी दिएको छैन । बिहीबार लिइएको परीक्षा रद्द गरेर १७ मंसिरमा हुने भन्दै सामाजिक सन्जालमा विभिन्न व्यक्तिहरुले सूचना जारी गरेका छन् । परीक्षा बोर्डले भने सामाजिक सन्जालमा भ्रमपूर्ण सूचना फैलिएको भन्दै सूचना निकालेको छ । सूचनामा फिजिक्सको परीक्षा फेरि हुने भनिएको छैन ।



यसअघि कोरोनाभाइरसका कारण स्थगित भएको कक्षा १२ को परीक्षा ९ मंसिरदेखि सन्चालनमा आएको छ ।