काठमाडौं । सरकारले तीन जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सहसचिवहरू सुरेश आचार्य, गोकर्ण दवाडी र योगेन्द्रकुमार कार्कीलाई सचिवमा बढुवा गर्ने निर्णय भएको उच्च स्रोतले जानकारी दियो।
यसका साथै भिजिट र अनअराइभल भिसासमेत खुला गर्ने निर्णय भएको छ।