आइतबारदेखि हराएकी ६ वर्षीया बालिकाको श’व मध्यरातमा बोरामा भेटियो

  • प्रकाशित मिति: मंगलबार, मंसिर ९ २०७७
  • तामाकोशी

बर्दिबास । महोत्तरीको बर्दिबास- १४ शुभम् बस्तीबाट बेप’त्ता भएकी ६ वर्षीया बालिकाको श’व फेला परेको छ। आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको श’व भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिए।

ह’त्या गरेर बोरामा राखेर झाडीमा फालेको अवस्थामा बालिकाको श’व सोमबार मध्य रातमा फेला परेको हो। बर्दिबास-१४ स्थित शुभम् बस्तीमा रहेको सामुदायिक परिवार कल्याण संघ महोत्तरीको कार्यालयभन्दा पश्चितर्फ रहेको विनोद साहको खाली जग्गामा बालिकाको श’व भेटिएको हो।



ह’त्या आरो’पमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले गौशाला- ५ का २५ वर्षीय अरुणकुमार साहलाई नियन्त्रणमा लिएको डीएसपी चपागाईले बताए। उनका अनुसार ति युवकले आरो’प स्वी’कारसमेत गरेका छन्। अन्नपुर्णमा खबर छ ।