बाँके । प्रहरीले बालक ह’त्याको अनुसन्धानका नाममा स्थानीयलाई जथा’भाबी पक्रा’उ गर्न थालेपछि डुडवा गाउँपालिका–३, वनकट्वामा अहिले त्रा’स बढेको छ ।
स्थानीय बालकको ह’त्या आरो’पमा पक्रा’उ परेका रैदासलाई प्रहरीले अभ’द्र व्य’वहारको मु’द्दा लगाएर २५ दिनदेखि हिरासतमा राखेको थियो । ‘प्रहरी रोज गाउँ आउँछ अनि जसलाई भेट्यो, उसैलाई पक्रा’उ गरेर लैजान्छ,’ प्रहरी हिरासतमा रहेका २१ वर्षीय अजय सोनीकी आमा ललिताले रुँदै भनिन्, ‘मेरो छोरालाई पनि बिनाकारण पक्रा’उ गरेर हिरासतभित्रै राखेको छ । प्रहरीले गाउँमा असाध्यै ज्या’दती गरिरहेको छ ।’
अधिकारवादी र पत्रकारहरूको टोली शनिबार गाउँ पुग्दा स्थानीय आफ्ना गुनासा सुनाउन तँछाड’मछाड गरिरहेका थिए । उनीहरूले प्रहरीले ज्यादती गरेको भन्दै नि’ष्पक्ष छानबिनको माग गरेका छन् । ‘गाउँमा दुई जनालाई गुमाएका छौं, उल्टो प्रहरीले पक्रा’उ गरेर दुःख दिइरहेको छ,’ ललिताले भनिन् । वनकट्वाका १० वर्षीय सुनील हरिजन रैदासको कात्तिक १० गते बीभत्स हत्या भएपछि वनकट्वा गाउँ शोकमग्न थियो । छिमेकमा रुवाबासी चल्यो । हत्या गरिएका बालकका काका रामकुमार हरिजनले आफूहरूले न्याय खोजेको तर कसैलाई फसाउन नखोजेको बताए । हरिजन सरकारी इन्जिनियर हुन् । उनले बालक ह’त्याको किटा’नी जाहेरी नदिएको तर न्या’य पाउनुपर्ने जनाए । ‘हामीले न्याय पाउनुपर्छ । यति हो,’ उनले भने ।
बालक ह’त्यापछि उजुरी नपरे पनि प्रहरीले भोलिपल्टै छान’बिन सुरु गर्यो । त्यही क्रममा सुनीलको घरदेखि १० मिटर दूरीमा रहेका अन्दाजी ३६ वर्षीय बाबुलाल रैदाससहित १८ जना स्थानीयलाई प्रहरीले हिरासतमा लियो । एक सातापछि १५ जनालाई दैनिक प्रहरी कार्यालयमा हाजिर हुने गरी छाडियो । बाबुलाल, १३ वर्षीय विजय खटिक र २१ वर्षीय अजय सोनीलाई भने हिरासतमै राखियो । उनीहरूवि’रुद्ध प्रहरीले अभ’द्र व्यवहार गरेको आरो’पमा मु’द्दा लगायो । ह’त्या आरो’पमा पक्रा’उ परेका व्यक्तिवि’रुद्ध कर्तव्य ज्यान मु’द्दामा अनुसन्धान गरी अदालतमा मु’द्दा दर्ता गर्नुपर्नेमा उनीहरूलाई जिल्ला प्रशासन कार्यालयबाटै अभ’द्र व्यव’हारको मु’द्दामा अल्झाइयो । अभ’द्र व्य’वहारको मु’द्दा चलाइएका व्यक्तिलाई २४ दिनभन्दा बढी हिरासतमा राख्न नपाइने भए पनि प्रहरीले त्योभन्दा बढी समय थुनामा राखेको छ ।
हिरासतमा रहेको २५ औं दिनमा बाबुलाल मृत अवस्थामा भेटिएपछि आफन्तको घरमा अहिले रुवाबासी छ । दुई जना छिमेकी गुमाएको पीडा स्थानीयलाई छँदै थियो, त्यसभन्दा बढी पीडा प्रहरीबाट पाइरहेको उनीहरूको गुनासो छ । ‘बालकको हत्या हुनु निकै दुःखको कुरा हो तर प्रहरीले जसलाई पायो, त्यसैलाई पक्रा’उ गरेर चौकी लगी मानसिक यातना दिइरहेको छ, दैनिक तारिखमा राखेर निकै सताएको छ,’ शनिबार बिदाका दिन साँझ ५ बजे जिल्ला प्रहरी कार्यालयको तारिखमा बोलाइएका ५५ वर्षीय मंगता चमारले भने, ‘शुक्रबार तारिख लिन बोलाएका थिए । त्यहाँ पुगेपछि शनिबार आउनू भनेर पठाइदिए ।’ उनका छोरा फूलचन्द चमारलाई पनि त्यसै घटनाको अनुसन्धानका लागि प्रहरीले हिरासतमा लिएको छ । कान्तिपुर दैनिकबाट