लिखुतामाकोशी । रामेछाप लिखुतामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेल सरुवा भएको छ । प्रमुख प्रशासकिय अधिकृत भुजेलको लिखुतामाकोशी गाउँपालिकाबाट अछामको साँफेबगर नगरपालिकामा सरुवा भएको हो ।
करिब ६ महिना अगाडी २०७७ साल जेष्ठ १ गतेदेखि हाजिर भई कार्यकाल बसालेका प्रशासकिय अधिकृत भुजेलले केहि असहज अबस्थामा पुगेको गाउँपालिकालाई हालको अबस्थामा ल्याउन ठुलो भुमिका निर्वाह गरेको बताइन्छ ।
नीतिगत, कानुनी र संस्थागत हिसाबले अहिले गाउँपालिका दिगो र सक्षम तर्फ अग्रसर भएको देखिन्छ । अधिकृत भुजेलको कार्यकालमा ३० भन्दा बढी स्थानिय कानुन तर्जुमा भई राजपत्रमा प्रकाशित भइसकेका छन् भने बाँकी कानुनहरुको ड्राफ्ट तयार भएका छन् ।
गाउँपालिकाको संस्थागत रुपमा प्रशासकिय भवनको जग्गा प्राप्ती समिति गठन भई कार्य अघि बढेको छ भने वडा नं. २ सैपु, वडा नं. ३ काङवा, वडा नं. ५ नागदह र वडा नं. ७ तिल्पुङको वडा कार्यालय भवन निर्माण कार्य आरम्भ भएको छ । हाटबजार व्यवस्थापन, शैक्षिक गुणस्तर कायम, पालिकाको प्रमुख केन्द्र धोवी बजार कालोपत्रे, रिक्त विषयगत प्राविधिक कर्मचारी पदपुर्ति लगाएतका केहि उदाहरणिय कामहरु प्रशासकिय अधिकृत भुजेलको कार्यकालमा भएका छन् ।
पालिकाको कतिपय कामहरुमा आफ्नो सहज समन्वय हुन नसकेको अधिकृत भुजेलले स्वीकारेका छन् । भुजेलको विधाई संगै लिखुतामाकोशी गाउँपालिकामा अर्काे प्रमुख प्रशासकिय अधिकृतकोे अहिले सम्म टुङगो भएको छैन ।
पालिका अध्यक्ष गोविन्द बहादुर खडका जबरजस्ती करणीको आरोपमा जेल चलान भएपछि उपाध्यक्ष दिपशिखा दाहाल कार्यबाहक अध्यक्षको रुपमा पदबाहल रहेको छ । उपाध्यक्ष दाहाल कार्यबाहक अध्यक्षको भुमिकामा देखिएसंगै पालिकाको कतिपय असहज कामहरु सहज रुपमा अगाडी बढिरहेको स्थानिय नागरिकहरु बताउछन् ।
कार्यबाहक अध्यक्ष दाहालले अहिले सबै जनप्रतिनिधीहरु, स्थानिय नागरिक तथा सरोकारवाला निकायहरुलाई समन्वय गरी नीति र विधिको कामले तिव्रता लिई रहेको बेला प्रमुख प्रशासकिय अधिकृत विहिन हुदा फेरी केहि असहज अबस्था सिर्जना हुने पक्का देखिन्छ ।