तिहारको मुखमा बस दुर्घ’टनाः ९ जनाको मृ’त्यु, ३४ जना घा’इते

  • प्रकाशित मिति: शुक्रबार, कार्तिक २८ २०७७
  • तामाकोशी

काठमान्डौ । दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घट’ना हुँदा ९ जनाको मृ’त्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घट’नामा परेको हो ।

सानो घुम्तीबाट बस ६०० मिटर जति तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । मृत’कहरुको सनाखत हुन बाँकी छ । मृत’कमध्ये सात जना पुरुष र दुई जना महिला छन् । दुर्घट’नामा परी घाइते भएका ३४ जना मध्ये गम्भी’र घा’इते सात जनालाई धनगढी रेफर गरिएको छ । बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रनाउ अधिकारीले जानकारी दिए ।



मृत’कमध्ये आठ जनाको शव घटनास्थलबाट निकालिसकिएको छ भने एकजनाको बससँगै अड्किएकाले आज दिउँसो निकालिने प्रहरीले बताएको छ । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धा’र गरिएको थियो । मृत’कको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रना’उ अधिकारीले जानकारी दिए । दुर्घटना कसरी भएको हो भन्नेबारेमा अझै यकिन भइनसकेको प्रहरीले जनाएको छ । बस बैतडीको दोगडाकेदार–७ खोचलेकका वीरेन्द्र कार्कीको रहेको बताइएको छ । साहु आफैँ चालक रहेका र उनीसमेत घाइते भएका छन् ।
रासस