एजेन्सी । इथियोपियामा जारी द्व’न्द्वमा सयौँ व्यक्तिको ह’त्या भएको एमनेष्टी इन्टरनेशनलले जनाएको छ । उत्तरी इथियोपियाको तिग्रेमा जारी द्व’न्द्वमा नरसं’हार भएको एमनेष्टीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
द्व’न्द्वमा मारिएका अधिकांश मजदुर र न्यून आय भएकाहरु रहेको एमनेष्टीले दा’वी गरेको छ । संघीय सरकारले उत्तरी राज्यमा नयाँ कानुन तय गर्ने क्रममा तिग्रे पिपल्स लिबरेसन फन्ट (टीपीएलएफ)ले संघीय सैन्य आधार शिविरहरुमा हमला गरेको भन्दै गत साताबाट सेनाले सैन्य कार’वाही सुरू गरेको छ । त्यस क्षेत्रमा दुवै पक्षका सेनाबीच अहिले पनि हति’यार भण्डारण गरिएका क्षेत्रलाई केन्द्रित बनाई हमला भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
विद्रो’ही र सरकारी सेनाबीचको भीडन्तका कारण सार्वजनिक तथा निजी संरचनाहरु क्षतिग्र’स्त भएका छन् । आक्रम’णबाट बच्न हजारौं नागरिक विस्थापित भएका छन् । बिस्थापितहरु सीमापार गर्दै शरणार्थी शिविरमा पुगेको एमनेष्टीले जनाएको छ ।