काठमाडौं-दसैंको रौनकले गाउँ,घर सबैतिर छपक्कै ढाकेको छ । सुदूरपश्चिमका श्रद्धालु मिठो खानपिन, राम्रो लुगा र घुमघाममा मात्र सीमित नभएर स्थानीय शक्तिपीठहरुमा भेला भएर पूजाआजामा ब्यस्त हुन्छन । तर यस वर्ष भने कोरोनका कारण त्यति जमघट भने भएनन । भाकल अनुसार पशुपंक्षीको बली दिन उनीहरु भगवतीका मन्दिरहरुमा ओइरिएका हुन्छन ।अघिल्लोदिन सम्म मठमन्दिरमा बिशेष पूजा अर्चनामा ब्यस्त स्थानीयबासिन्दा महाअष्टमीका दिन गाउघरका भगवती मन्दिरहरुमा भेला भएका हुन्छन ।
बिहानैदेखि बाजागाजा, ध्वजा, नेजा सहित भकालेका पशुपंक्षी सहित शक्तिपीठहरुमा गइरहेका स्थानीय दिउसो आफुले भाकल गरेका पशुपंक्षीहरुको बली दिन्छन । निङलाशैनी भगवतीमा रागा र बोकाको बलि दिइने चलन छ । सुदूरपश्चिमलाई देबभूमि समेत मानिन्छ ।
त्यसैले भक्तिभावका साथ शक्तिका देबी भगवती मन्दिरहरुमा नवरात्रको रौनक छाएको हो । शक्तिपीठहरुमा घटस्थापनादेखिनै नवरात्रभरि पूजा हुने गर्छ । भगवती मन्दिरमा अष्टमीसम्म र अन्य केही ठाउँमा कोजाग्रत पूर्णिमासम्म स्थानीय बासिन्दा बर्त बसेर पूजाआजामै व्यस्त हुन्छन् । पुजा आजका कै नाममा बलि दिने प्रचलन चल्दै आएको छ ।