काठमाडौं– तिहार नजिकिदै गर्दा देउसी र भैलो सम्बन्धी बिभिन्न गीतहरु सार्वजनिक हुन थालेका छन् । यसै सन्दर्भमा गायक सर्जक कस्तु पन्तको देउसी भैलो गीत ‘देउसी भैलो’ सार्वजनिक भएको छ । कस्तु पन्तको शब्द संगीतमा तयार भएको गीतमा कस्तु पन्त र कमला पोखरेलको स्वर रहेको गीत लोकशैलीमा तयार भएको छ । देउसी भैलो खेल्ने नेपाली संस्कृति शैलीमा तयार गरिएको गीतको भिडियो निर्देशन कपिल लामा गरेका छन् भने कोरियोग्राफर मादभ श्रेष्ठ गरेका हुन् ।
दिपक गिरीले छायाकन गरेका हुन् भने शिब पौडेलले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा रुबिना अधिकारि,निना बुढाथोकी र कबिता न्यौपानेको मुख्या भूमिका रहेको गीतको म्युजिक भिडियो कस्तु पन्तको आफ्नै अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
हेर्नुहोस भिडियो :