दशैको मुखैमा सवारी दुर्घ टनामा युवाको मृ/त्यु

  • प्रकाशित मिति: शनिबार, कार्तिक ८ २०७७
  • तामाकोशी

मुस्ताङको थासाङ गाउँपालिका (१ टुकुचेमा बिहीबार राती सवारी दुर्घ टनामा परी एक युवाको मृत्यु भएको छ। मुस्ताङको थासाङ गाउँपालिका—१ टुकुचेस्थित बेनी(जोमसोम सडकमा पार्किङ गरेर राखेको स्थानमा जोमसोमबाट काठमाडौं जाँदै गरेको बा ३ ख ९६६५ नम्बरको घोडाघोडी यातायात प्रालिको यात्रुवाहक बस र थासाङ गापा(२ कोवाङबाट जोमसोम तर्फजाँदै गरेको बा ३९ प ७२८० नम्बरको मोटरसाइकल सडक पार गर्नेमा अचानक ठोक्किएर दु र्घटना हुँदा मुस्ताङको घरपझोङ गापा(४ बस्ने १८ वर्षीय बिनोद सुनारेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

प्रहरीका अनुसार बस र मोटरसाइकल ठोक्किदा मोटरसाइकलको पछाडिपट्टी बसेका सुनारको मृत्यु भएको हो । दुर्घटनामा मृ त्यु भएका सुनारको शव शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल जोमसोम पठाइएको प्रहरी निरीक्षक आशिष अधिकारीले जानकारी दिए ।



जिल्ला प्रहरी कार्यालयका अनुसार सवारी दुर्घटनापछि बसका चालक तथा मोटर साइकल चालक दुबैलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जनाएको छ ।