“बहिनि”युटुब ट्रेडिङमा,हेर्नुहोस भिडियो

  • प्रकाशित मिति: सोमबार, कार्तिक ३ २०७७
  • तामाकोशी

काठमाडौं-धेरै दिनको प्रतीक्षा पछी दशैँ तथा तिहारको शुभकामना सहित S3K Entertainment को अफिसियल युटुब च्यानलबाट”बहिनि”गित सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेडिङ भित्र छिरेको छ । यो न्युज तयार पार्दासम्म ४० हजार दर्शक स्रोताको नजरमा परेको छ भने ट्रेडिङ ४५ मा आएको छ । गित सार्वजनिक अघि नै सर्वाधिक चर्चामा रहेको गीत हो । सतिश अधिकारीको शब्द तथा परिकल्पना हेमन्त कान्छा रसाईलिको संगित रहेको उक्त गीतमा हेमन्त कान्छा रसाईलिको आवाज रहेको छ ।

S3K Entertainment ले निर्माण तथा बजार व्यवस्थापन गरेको उक्त भिडियोको निर्देशन अनेक मेहनतका साथ् बिक्रम चौहानले गरेका हुन् तथा सम्पादन दिन्सन शाहले गरेका हुन भने प्रकाश खडकाको छायांकन रहेको छ । म्युजिक भिडियोमा सुजल बम र जीबी चिरनको मुख्या भूमिका देखाईएको छ भने साथमा समिक्षा पोखरेल,निना बुढाथोकी,अर्जुन बिक र दिनेश कुमार कठायतको समेत उत्कृष्ट अभिनय रहेको छ । सुजल बम पछिल्लो समय निकै नै रुचाईएकि कलाकार हुन् ।



बम बोल्न सक्दिनन तर उनीसंग भने अद्भूत कला रहेको छ । सांकेतिक भाषामा जस्तोसुकै अभिनय गर्न पनि माहिर छिन । सुजल बमसंगै अरु कलाकारपनी उत्तिकै रुचाईएका छन् त्यस मध्येका हुन् चिरन्जीवी सापकोटा । सापकोटा पनि”हेर यो मुटुमा चिरा पर्या छ”गीतको भिडियोबाट एकाएक लोकप्रिय बनेका हुन् ।