काठमान्डौं । नेपालीहरुको महानपर्व दशै तिहारको आगमन संगै कलाकारहरु चाडपर्व सम्बन्धित विभिन्न गित संगित बजारमा ल्याउने क्रम जारी छ ।
यसैक्रममा विगत लामो समयदेखि नेपाली गित संगितको क्षेत्रमा सक्रिय कलाकार एच.वि. रसाइलीको उत्कृष्ठ लय तथा शब्द सिर्जनामा नयाँ दशै गित सार्वजनिक भएको छ । रामेछाप म्यूजिक क्रियशनको प्रस्तुतिमा बजारमा आएको उक्त गितमा चर्चित गायिका पुर्णकला विसी र युनिक विफा घिसिङको सुमधुर आवाज सुन्न सकिन्छ ।
करिब पाँच वर्ष पहिले रेकर्ड भएको उक्त दशै गितको अडियो विविध कारणले गर्दा हालै मात्र यूट्यूवमा सार्वजनिक गरिएको हो । उक्त (दशैतिहारकोे शुभकामना) गितको अडियो/भिडियो तामाकोसी अनलाइन टिभी मार्फत यूट्यूवमार्फत बजारमा उपलब्ध छ ।