लोकसेवा आयोगद्वारा ६५८ जना नयाँ विज्ञापन खुला (विज्ञापन सहित)

  • प्रकाशित मिति: बुधबार, असोज २८ २०७७
  • तामाकोशी

काठमाडौं । लोक सेवा आयोगले प्राविधिक तथा अप्राविधिक गरी सहसचिव र उपसचिवहरुको विज्ञापन गरेको छ ।

आफ्नो पूर्व निर्धारित कार्यातालिका अनुसार आयोगले बुधबार विभिन्न सेवा तथा समूह (उपसमूह)का सहसचिव र उपसचिवको विज्ञापन आह्वान गरेको हो । आयोगले १८५ सहसचिव र ४७३ उपसचिव पदका लागि विज्ञापन खुलाएको छ ।



आयोगले निजामती सेवा, संघीय संसद सेवा तथा स्वास्थ्य सेवातर्फ विज्ञापन गरेको हो । विज्ञापनमा तोकिएअनुसार योग्यता पुगेका उम्मेदवारहरूले कार्तिक १८ सम्म आवेदन दिन सक्नेछन् । सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।