हरेक १६ सेकेण्डमा एक मृ,त बच्चा जन्मने चेतावनी

  • प्रकाशित मिति: शुक्रबार, असोज २३ २०७७
  • तामाकोशी

काठमाडौँ। विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ०, संयुक्त राष्ट्र बाल कोष ९युनिसेफ० र यसका सहयोगी संगठनहरूले कोरोनाभाइरस महामारीको बढ्दो प्रकृतिबारे चेतावनी दिएका छन् । ती संगठनहरूले गर्भवती महिला र उनीहरूको गर्भधारणमा कोरोनाभाइरसको खतरा बढेको बताएका छन। डब्लुएचओ सुसुचित गर्दै भन्यो, ’यदि यसरी नै कोरोनाभाइरसको संक्रमण बढ्यो भने हरेक १६ सेकेण्डमा एक मृत बच्चा जन्मिने छ।’यसका साथै ती संगठनहरुले हरेक बर्ष २० लाखभन्दा बढी स्टिलबर्थ देखापर्ने छन्। गर्भधारण गरेको २८ हप्तामा पछि यदि मृ,त शिशुको जन्मिए वा प्रशवको क्रममा यदि शिशुको मृ,त्यु हुने अवस्थालाई स्टिलबर्थ भनिन्छ। डब्लुएचओको एक रिपोर्टअनुसार स्टिलबर्थको प्रायःजसो घ,टनाहरू विकासोन्मुख देशहरुमा हुने गर्दछ।

त्यसैगरी उक्त रिपोर्टमा प्रत्येक वर्ष २० लाख मृ,त शिशुहरु जन्मिने गरेका छन्। यस बाहेक युनिसेफकी कार्यकारी निर्देशक हानेरिटा फोरले भनिन्, ‘कोरोनाका घटनाहरू यसरी नै वृद्धि भयो भने हरेक १६ सेकेण्डमा विश्वभरका कुनै न कुनै महिला यस्तो अवस्थाको सामना गर्नुपर्ने हुन सक्छ। उनले भने यस्ता घट,नाहरुलाई रोक्न दक्ष चिकित्सक, दैनिक हेरचाह र नियमित अनुगमको आवश्यक पर्दछ। प्रतिवेदनका अनुसार महामारीका कारण स्वास्थ्य सेवाहरुमा ५० प्रतिशतले गिरावट आएको छ।



जसका कारण अर्को वर्ष ११७ विकासोन्मुख देशहरुमा २० लाख भन्दा बढी स्टिलबर्थको घट,नाहरु देख्न सकिन्छ । नेपालमा अल्पसंख्यक जातिका महिलाहरूमा स्टिलबर्थको दर उच्च वर्गका महिलाहरूको तुलनामा ६० प्रतिशत बढी रहेको डब्लूएचओको तथ्यांकमा रहेको अलजजीराले उल्लेख गरेको छ।