बिशाल रायमाझीको शब्द संगीतमा एलिना र बिकाशको अभिनयमा”राजा जी”सार्वजनिक

  • प्रकाशित मिति: बिहिबार, असोज २२ २०७७
  • तामाकोशी

काठमाडौँ-नेपालीहरुको महान पर्व दशैँ तथा तिहारको शुभकामना सहित एक पछि अर्को म्युजिक भिडियो सार्वजनिक गर्ने क्रममा विशाल रायमाझी र सपना रोकाको स्वरमा रहेको”राजा जी”सार्वजनिक भएको छ । यस गीतमा गायक स्वयंम बिशाल रायमाझीको शब्द तथा संगीत रहेको छ ।

राजकुमार मगरले निर्देशन गरेको म्युजिक भिडियोलाई राम शरण उप्रेतीले छायांकन गरेका हुन् भने म्युजिक भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा बिकास केसी र एलिना रायमाझीको अभिनय रहेको छ ।