शिशुको मृ,त्युपछि कोरोना रिपोर्ट पोजिटिभ आएपछि घर आसपास क्षेत्र सिल

  • प्रकाशित मिति: बिहिबार, असोज २२ २०७७
  • तामाकोशी

विश्व माहाम्रिको रुपमा फैलिएको कोभिद १९ यतिबेला नेपालमा निकै नै झागीएको छ । भद्रपुर नगरपालिका ८ का शिशुमा निमोनियाको समस्या थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार बिहान मेची अस्पताल पुर्‍याइएको थियो । झापाको मेची अस्पतालमा उपचारका क्रममा मृ त्यु भएका दुई महिने शिशुमा कोरोना संक्रमण देखिएको छ । शिशुमा कोरोनाको लक्षण देखा परेपछि मध्यान्ह् १२ बजे स्वाब संकलन गरिएको अस्पतालले जानकारी दिएको छ । शिशुमा श्वासप्रश्वासमा समस्या बढ्दै गएपछि स्वाब लिइएको थियो । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको मृ,त्यु भएको अस्पतालका सूचना अधिकारी मनोज पोख्रेलले जानकारी दिए ।

अस्पतालले शिशुको मृ त्यु भएको जानकारी आफन्तलाई दिएपछि आफन्तले शिशुको श व बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टिको रिर्पोट आएको थियो । मृ तक शिशुमा संक्रमण पुष्टि भएपछि उनको घर आसपास क्षेत्र सिल गरिएको छ। भद्रपुर नगर स्वास्थ्य शाखाका अनुसार शिशुको दाहसंस्कारका लागि नेपाली सेनालाई जिम्मा लगाइने भएको छ । शिशुसँगै सम्पर्कमा रहेका अन्य परिवारका सदस्यको स्वाब पनि बुधबार लिइने तयारी भएको जिल्ला स्वास्थ्य कार्यालयका कार्यक्रम संयोजक जीवन चौलागाईले जानकारी दिए ।