काठमाडौं-गएको भाद्र महिना दुई गते राति आएको निकै नै कहाली लाग्दो बाढी पहिरोका कारण अछाम जिल्ला रामारोसन गाउपालिका कैलाश खोला नजिकैका घर घडेरी बगाउदा करोडौ धन जनको नोक्सान भएको छ । साथै १७ जनाको ज्या,न गएको थियो । सोहि घट,नामा आधारित रहेर अछामको परिबेश, देशको बर्तमान अवस्था लगायतका सामाजिक बिषयबस्तुलाई चित्रण गरेर “पापी कैलाश खोला”सार्वजनिक भएको छ ।
गित संगीतको क्षेत्रमा बिगत लामो समय देखि लागेका गायक तथा सर्जक गित संगीतका हरेक विधामा अब्बल हुनुहुन्छ । यतिबेला भने आफै पिडामा हुनुहुन्छ । गायक जनक साउदको शब्द सृजना रहेको गीतमा हेमन्त कान्छा रसाईलिको संगीत रहेको छ । सुरेन्द्र संगमले निर्देशन गरेको म्युजिक भिडियो कुसुम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गितको मिक्सिङ/मास्टरिङ पुष्कर खत्रीले गरेका छन् भने अमित बिकले छायांकन गरेको म्युजिक भिडियो अनुप बिकले सम्पादन गरेका छ । सुरेन्द्र संगम,जनक साउद र सरस्वति बनको कारुनिक अभिनय देखिन्छ ।