लोक सेवा आयोगको स्थगित परीक्षा कात्तिकदेखि सुरू हुने (सुचना सहित)

  • प्रकाशित मिति: शुक्रबार, असोज ९ २०७७
  • तामाकोशी

काठमान्डौं । लोक सेवा आयोगले लकडाउनका बेला स्थगित गरेका परीक्षाहरू अब सञ्चालन गर्ने भएको छ। आयोगले शुक्रबार सूचना निकालेर शाखा अधिकृत र नायब सुब्बा वा सो सरहका पदको परीक्षा तालिका निकालेको हो।

‘कोरोना महामारीका कारण स्थगित परीक्षा आयोगको असोज ८ को निर्णयबाट सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी देहायअनुसार नयाँ परीक्षा कार्यक्रम तोकिएको सबैको जानकारीका लागि सूचना प्रकाशन गरिएको छ,’ आयोगले भनेको छ। परीक्षा कात्तिक १८ देखि सुरू हुनेछन्। विस्तृत सुचना हेर्न यहाँ क्लिक गर्नुहोस् ।