ललितपुर, असोज ६ । कोरोनाको परीक्षणका लागि स्वाब संकलन नगरिकन नेगेटिभ रिपोर्ट आएको जानकारी पाएपछि एक व्यक्ति आश्चर्यमा परेका छन्। घटना ललितपुरको सातदोबाटोको हो। टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गत शुक्रबार पुगेका उनको आइतबार रिपोर्ट आयो।
शुक्रबार बिहान ११ बजेतिर अस्पताल पुगेका उनले घाँटीमा अप्ठेरो भएको कारण ३० रुपैयाँमा टिकट लिएर डाक्टरलाई भेटेका बताए। डाक्टरले उनलाई कोरोना परीक्षण गर्न सुझाए। त्यसपछि उनले स्वाब संकलनको लागि किट लिए। तर अचानक महत्वपूर्ण कल आएकाले बाहिर निस्किनु पर्ने भयो। उनी स्वाब नदिइ बाहिरिए। उनी फर्केर अस्पताल जाँदा स्वाबको नमुना दिने ठाउँ बन्द भइसकेको उनले बताए।अन्नपूर्ण पोस्ट्मा खवर छ ।
आइतबार पुनः अस्पताल जाने तयारीमा थिए, कोरोना नेगेटिभ भन्ने एस एम एस पो आयो, उनले भने, म त आश्चर्यमा परेको छु। स्वाबै नदिइ कुन आधारमा रिपोर्ट पठाइयो रुु यसलाई अस्पतालको ग’म्भीर लापर’बाहीको भएको उनको भनाइ छ। अस्पतालबाट फोन आउला, खोजी गर्ला जस्तो लागेको थियो। तर एकैचोटी रिपोर्ट पठायो। उक्त दिन स्वाब नदिएपछि कम्तिमा स्थगन लिस्टमा आफ्नो नाम आउँला भन्ने लागेको उनले बताएको छ ।
टेकु अस्पतालको यत्रो ग’म्भिर लाप’रवाही, स्वाब नलिइ नेगेटिभ रिपोर्ट
- प्रकाशित मिति: मंगलबार, असोज ६ २०७७
- तामाकोशी