काठमाडौं । प्रहरीले काठमाडौँको पेरिसडाँडाबाट एक महिलालाई पक्रा’उ गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकका क्रममा भित्र पस्न खोजेपछि दोलखाकी बालिका खड्कालाई पक्रा’उ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।झोला देखाउन आग्रह गर्दा नदेखाएर जबर्जस्ती जान खोजेपछि नियन्त्रणमा लिइएको उनले जानकारी दिए । प्रहरीका अनुसार खड्कालाई धर्नामा बस्न आएको र अन्य साथीसमेत आउन लागेको बताएपछि नियन्त्रणमा लिइएको हो ।
बालिकाको नाम यसअघि प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईसँग जोडिएको थियो । बालिकाले अहिले राईवि’रुद्ध हालेको मु’द्दा फि’र्ता लिईसकेकी छिन् ।