टिकटकमा आत्यधिक भाईरल गिता,चिरन्जीवी,जिवेश र रुबिशाको अभिनयमा रहेको”दशैँ आयो”गित सार्वजनिक भएको २४ घण्टा नबित्दै बन्यो भाईरल

  • प्रकाशित मिति: आइतबार, असोज ४ २०७७
  • तामाकोशी

काठमाडौं,-नेपाहरुको महान चाड दशै र तिहार यती बेला प्रत्येक नेपाली हरुको घर-दैलोमा आएको छ । पछिल्लो समय नेपाली हिन्दुहरुको महान चाड दशैं तिहारको शुभकामना सहित नेपालि सांगीतिक बजारले आकाश चुमेको छ । यतिबेला सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छन |एक पछी अर्को लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । दशैं र तिहारलाई लक्षित गरेर दिन प्रतिदिन म्युजिक भिडियो सार्वजनिक भइरहेको छन् ।

यही चाड पर्बलाई समेटेर यतिबेला(आज)‘दशैं आयो’गीतलाई म्युजिक भिडियो बनाएर सामाजिक सन्जाल Aaha TVको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन । गीतमा तिलक बस्नेत र कविता खत्रीको सुमधुर आवाज रहेको छ। गीतमा तिलक बस्नेतको संगीत अनि समीर प्रकाश पाण्डेको शब्द रहेको छ ।



डान्सिङ शैलीमा आधारित रहेको गीतको अडियोसंगै भिडियो पनि आकर्षक बनेको छ। लाहुर गएका लाहुरे दशैंमा घर फर्किँदा आफ्नो प्रेमिका अनि परिवारसँग रमाइलो गरेको कथालाई भिडियोमा देखाइएको छ । अझ भन्दा दशैँ पर्व र घरबाहिर गएका हरेक नेपालीको देश प्रतिको माया,घर परिवार प्रतिको माया र आफ्नो कार्य प्रतिको बफादार यो म्युजिक भिडियोमा चित्रण गरिएको छ ।

सृजन बरालको निर्देशनमा रहेको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन् भने अमृत चापागाईंले म्युजिक भिडियो सम्पादन गरेका हुन् । म्युजिक भिडियोमा चिरञ्जीवी सापकोटा,गिता ढुंगाना,जिवेश गुरुङ र रुबिशा श्रेष्ठको अभिनयसंगै चारै जनाको डान्स आकर्षक रमाइलो डान्स देख्न सकिन्छ । यसभन्दा अगाडि सोलो बिटका म्युजिक भिडियोमा अभिनय गरेका चिरञ्जीवीले यो भिडियोमा पहिलोपटक डान्स गरेका हुन् ।
हेर्नुस् भिडियो..