कोरोना संक्र/मणबाट ७ जनाको मृ,त्यु

  • प्रकाशित मिति: शुक्रबार, भाद्र २६ २०७७
  • तामाकोशी

२६ भदौ, काठमाडौं । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृ/त्यु भएको छ ।काठमाडौंका तीन जना, चितवन र कपिलवस्तुका एकरएक जनाको मृ/त्यु भएको हो । उपचारका क्रममा मृ/त्यु भएका धनुषाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

बूढानीलकण्ठ नगरपालिका(४, काठमाडौंका ५९ बर्षीय पुरुषको सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा मृ/त्यु भएको छ । भदौ १४ गते स्वाब लिएका उनी कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए । काठमाडौं महानगरपालिका(४ धुम्बाराही, काठमाडौंकी ५५ महिलाको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृ/त्यु भएको छ । श्वास प्रस्वासमा समस्या भएपछि मेघा अस्पताल भर्ना भएकी उनको अवस्था थप जटिल भएपछि शिक्षण अस्पताल लगिएको थियो । काठमाडौं महानगरपालिका(२१ भोटेबहाल, काठमाडौंका ८३ बर्षीय पुरुषको पाटन अस्पतालमा मृत्यु भएको छ । हृ/दयघात भएर २४ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनको २४ गते नै मृ/त्यु भएको छ ।



भरतपुर महानगरपालिका(११ चितवनका ६२ बर्षीय पुरुषको चितवन मेडिकल कलेज भरतपुरमा मृत्युु भएको छ । निमोनिया तथा श्वास प्रश्वासमा भई भदौ १८ गते अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको २२ गते पुष्टि भएको थियो । उनको बिहीबार मृ/त्यु भएको हो । कपिलवस्तु नगरपालिका(६, कपिलवस्तुका २९ वर्षीय पुरुषको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको छ । मिर्गौलामा समस्या आएपछि डायलासिस गराउँदै आएका उनलाई भदौ २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

बुधबार मृ/त्यु भएका औरही गाउँपालिका(१, धनुषाका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या भएर मंगलबार प्रादेशिक अस्पताल, जनकपुरधाममा भर्ना भएका उनको उपचारका क्रममा मृ/त्यु भएको थियो । विराटनगर महानगरपालिका(१९, मोरङकी की ४४ वर्षीया महिलाको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृ/त्यु भएको हो । उनलाई ५ दिनदेखि ज्वरो आएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार मात्र कोशी अस्पताल ल्याएका थिए ।