काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना संक्रमण ९कोभिड(१९० बाट थप ६ जनाको मृ त्यु भएको छ। योसँगै मृतकको संख्या २५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट ४ महिला र २ पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। चितवन, भक्तपुर, तनहु, ररुपन्देहीमा एकरएक महिला र सिन्धुपाल्चोक र रुपन्देहीमा एकर एक पुरुष गरी ६ जनाको मृत्यु भएको छ। यो ०।६ प्रतिशत हो।
यस्तै पछिल्लो २४ घण्टामा १२ सय २८ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए। बुधबार मात्रै ११ सय २० जनामा संक्रमण देखिएको थियो। बिहीबार नयाँ संक्रमितमा ३९४ महिला र ८३४ पुरुष छन्।
१८ हजार ४१३ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १० हजार ६७१ जना आइसोलेसनमा रहेका छन् भने होम आइसोलेसनमा ७ हजार ७४२ छन्। क्वारेन्टाइनमा ६ हजार ७४९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घन्टामा १३ हजार ४१३ पीसीआर परीक्षण भएका छन्। पछिल्लो २४ घण्टामा ९१७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २४ हजार २०७ पुगेको छ। यो ५६ प्रतिशत हो।
बिहीबार काठमाडौं उपत्यकामा मात्रै थप ४४५ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। काठमाडौंका ३५७, भक्तपुरका ४२ र ललितपुरका ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।