झडप सृजना-प्रहरी कुटेको अभियोगमा ९ जना पक्राउ

  • प्रकाशित मिति: बिहिबार, भाद्र १८ २०७७
  • तामाकोशी

१९ भदौ, काठमाडौं । यदि कुनै कठिनाइले घेरेको थिएन भने वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको रथयात्रा यतिबेला सकिइसकेको हुन्थ्यो । शरद् ऋतु सुरु हुन लागिसकेको यो समया रातो मत्स्येन्द्रनाथको बारेमा चर्चा हुने समय पनि होइन । तर कोरोना भाइरसका कारण निम्तिएको संकटले केवल जनस्वास्थ्यमा मात्रै असर पारेन, झण्डै एक हजार वर्षदेखि चल्दै आएको संस्कृतिमा समेत अवरोध सिर्जना गर्‍यो । यही अवरोधले बिहीबार ललितपुरको पुल्चोकमा एउटा अप्रिय परिघटनाको दृष्य देख्नुपर्‍यो ।

कसरी निम्तियो झडप – रथा रोहण गरेको समेत लामो समय हुँदासम्म पनि रथयात्रा नगरेकोप्रति असन्तुष्टि जनाउँदै बिहीबार बिहान पाटनका युवाहरू गुठी संस्थान र प्रशासनलाई दबाब दिने रणनीति बनाउन पुल्चोकमा भेला भएका थिए । जनस्वास्थ्यका मापदण्डहरु पुरा गरेर रथ तान्ने व्यवस्था मिलाउनुपर्ने उनीहरुको माग थियो । भेलामा सहभागीहरुका अनुसार त्यतिबेलासम्म रथ तान्ने कुनै योजना नै थिएन । तर निषेधाज्ञा उल्लङ्घन गरेको भन्दै प्रहरीले बल प्रयोग गर्न खोज्यो ।



प्रहरीले स्थिति खल्बल्याइदिएपछि स्थानीय युवाहरु रथ तानेर देखाउँछौं भन्दै कस्सिए । अरु मानिसहरु पनि भेला भए, र ठूलो भीड जम्मा भएपछि स्वस्फूर्त रुपमा रथ तान्न थाले । त्यसलाई प्रहरीले रोक्दा झडप भयो । र, पुल्चोक क्षेत्र दिनभर तनावग्रस्त रहृयो ।

ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

प्रशासनले निषेधाज्ञा लागू गरेको वेला युवाले विना अनुमति रथ तानेका थिए । त्यसलाई रोक्न ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले प्रहरीलाई निर्देशन दिएका थिए । पक्राउ परेका व्यक्तिलाई अहिले क्वारेन्टिनमा राखिएको छ । उनीहरुको पिसीआर जाँच गरेर कानुनी कारबाही अघि बढाइएने एसएसपी राईले बताए । प/क्राउ परेका व्यक्तिविरुद्ध अभद्र व्यवहारको कसूर अन्तरगत मुद्दा चलाउने तयारी गरिएको जनाइएको छ ।

यी हुन् पक्राउ पर्नेहरू
१० लपु मनपा वडा १६ गावाहाल, बर्ष ४० को महेश बज्राचार्य
२० ऐ वडा ११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
३० ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
४० ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
५० ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
६० महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
७० ऐ इमाडोल को ध्रुवराज बज्राचार्य,
बर्ष ४७
८० भक्तपुर ठिमी(८, बर्ष ३२ को श्याम श्रेष्ठ
९० का। जि। कामनपा वडा १६ बस्ने बर्ष ४० को यादवलाल कायस्थ