काठमाडौं– वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर भोला रिजाल सहित उनकी पत्नीलाई कोरोना पुष्टि भएको छ । शनिवार कोरोना पुष्टि भएपछि उनी आइतबार देखि ह्याम्स अस्पतालमा भर्ना भएको रिजाल भर्ना भएको बताइएको छ ।‘स्वास्थ्यकर्मीहरु कोरोनाको जोखिममा छौं, त्यही क्रममा आफुलाई पनि कोरोना देखिएको उनले बताए ।अस्पतालमा भर्ना भएपछि हाल कोरोनाको लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य नै रहेको उनले जानकारी दिए ।
उनले बिरामीको स्वास्थ्य उपचार गर्दागर्दै चिकित्सकहरु कोरोना संक्रमित हुने र परिवारलाई पनि सर्न सक्ने जोखिम बढी रहेकाले सर्तक रहन आग्रह गरे । उनले कोरोना लाग्दै आत्तिनु नपर्ने बताउदै आफु छिट्टै निको हुने बताए ।उनले चिकित्सकलाई कोरोना संक्रमण भयो भने, नराम्रो व्यवहार नगरौं, सबैको स्वास्थ्य उपचारमा खटिने चिकित्सकलाई सम्मान गरौं, कोरोना लाग्न सक्छ, सचेत बनौं ।