लोकदोहोरी क्षेत्रमा ईतिहास रच्दै गायिका देबि घर्ति मगर“लाइदिम कि मोहनी”युटुब ट्रेडिङमा

  • प्रकाशित मिति: बुधबार, भाद्र १० २०७७
  • तामाकोशी

काठमाडौं । लोकप्रिय नायक पल शाह र मोडल रियासा दाहालले अभिनय गरेको लोकदोहोरी गीत“लाइदिम कि मोहनी”क्रमस अगाडी बढ्ने क्रममा युटुब ट्रेडिङको ६ औ नम्बरमा आएको छ । यो न्युज तयार पार्दासम्म ५ लाख भन्दा बढी दर्शक स्रोताको नजरमा परेको छ । बियोगान्त गीत संगीतको एकाधिकार तथा रोमान्टिक समसायिक गित सृजना गर्न सफल रहेका गायक तथा सर्जक सुर्य खडकाको नयाँ गीत“लाइदिम कि मोहनी”केहि दिन अगाडी बजारमा आएको हो ।
लोकप्रिय नायक पल शाहले खेलेका अधिकांश गीतहरु ट्रेनिङमा आउन थालेका छन् । सुर्य खडका बिगत लामो समयदेखी आफ्नो गीतमा सिर्जना,गायन समेत आफैँ गर्दै आएका खडकाको यस पटकको गीतमा भने शिब अखेलीको शब्द रहेको छ भने संगीत सुर्य खडकाले आफैले गरेका छन् ।

ईश्वर थापा र देवी घर्तीले स्वर रहेको छ । देवी घर्तिमगर नेपालि गित संगीत कि एक लोकप्रिय गायिका हुन् । घर्तीका हरेक गित उत्तिकै चर्चाको सिखरमा रहेका छन् । केहि हप्ता अगाडी बजारमा आएको प्रकास सपुतको गित”बदला”पनि चर्चाको सिखर पुगेको थियो । गायिका घर्तीलाई एक सफल गायिका हुन् भन्दा फरक नपर्ला ।



यस गीतको म्युजिक भिडियोलाई अहिलेका ब्यस्त तथा चर्चित कोरियोग्राफर काजिश श्रेष्ठले निर्देशन गरेका छन् । दीपक विष्टले सम्पादन गरेकाे भिडियोको छायाङ्कन अर्जुन तिवारी र टिमले गरेका हुन् । गीतको भिडियोलाई सूर्य खड्का युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियो लाइ सुर्य खड्का युटुब च्यानल बाट सार्बजानिक गरिएको छ ।
हेर्नुस भिडियो: