१० भदौ, काठमाडौं । विश्व माहामारीको रुपमा फैलेको कोरोना दिनप्रतिदिन बढिरहेको छ । संक्रमितको संख्या पनि दिनप्रतिदिन बढिरहेको छ । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृ$त्यु भएको छ । काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृ$त्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृ$त्यु भएको पुष्टि गरेको छ । उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए ।