‘नेपालमा सुरुवाती अवस्था हो संक्रमित र निधन हुनेको संख्या बढ्दै जान्छ’

  • प्रकाशित मिति: मंगलबार, भाद्र ९ २०७७
  • तामाकोशी

काठमाडौ । विश्व स्वास्थ्य संगठनले नेपालको अवस्था थप विग्रने चेतावनी दिएको छ । डब्ल्यूएचओका नेपालस्थित कार्यालयका प्रतिनिधिले नेपालमा भर्खर कोरोनाको प्रभाव सुरु भएको बताएका छन् । डब्लुएचओका नेपाल प्रतिनिधि डा। जोस भ्यानडिलिएरले नेपालमा हाल देखिएको कोरोनाको संख्या सुरुवातमात्रै भएको र भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका छन्। उनले थप सचेत हुन ध्यानाकर्षण गराएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । नेपालमा अहिलेको कोरोनाको वस्थालाई सुरुवात भनेर ब्याख्या गरेका हुनले अब थप भयावह हुन सक्ने चेतावनी दिएका छन् । भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै परिस्थिति अझै नराम्रो हुने बताएका हुन।



उनले भने‘अहिले नेपालमा संक्रमितको संख्या बढ्दैछ। केही समय अघि बाहिरवाट आउनेमा बढी देखिएको थियो यो सुरुवात मात्र हे नेपालमा अझ थप नराम्रो परिस्थिती आउन बाँकी नै छ । उनले अहिलेको अवस्था सुरुवाती अवस्था भनेका छन् । उनले नेपालमा निकै धेरै कोरोनाका संक्रमित हुने चेतावनी दिएका छन् ।

उनले सामाजमा पाका उमेरका मानिसहरुमा पनि कोरोना संक्रमिति बढ्दै जाने भएकाले निधन हुनेको संख्या पनि बढ्दै जाने बताएका छन्। तर, ब्राजिलजस्ता धेरै प्रभावित देशमा पनि एकदेखि दुई प्रतिशतसम्म संक्रमित देखिएकाले सबै जनसंख्यालाई कोारनो नहुने भन्दै नआत्तिन पनि आग्रह गरेका छन्। उनले विश्व स्वास्थ्य संगठनले नेपाललाई पूर्व तयारीमा लाग्न सुझाव दिएको छ ।