नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ सय १३ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, भाद्र २ २०७७
  • तामाकोशी

काठमाडौं । भदौ २ गते,
नेपालमा कोरोना संक्रमणबाट ज्या*न जानेको संख्या १ सय १३ पुगेको छ । कोरोना संक्रमणका कारण मंगलबार मात्र थप ४ जनाको मृ*त्यु भएको छ । काभ्रे, ललितपुर, बाँके र पोखरामा गरी ४ जनाको मृ*त्यु भएको हो । नेपाली कांग्रेस पश्चिम नवलपरासीका जिल्ला उपसभापति सुवासचन्द्र गिरीको मंगलबार उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृ*त्यु भएको कांग्रेस जिल्ला सभापति विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । निमोनिया समेत देखिएका ३८ वर्षीय गिरीमा कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल भर्ना गरीएका उनको अवस्था गम्भिर भएपछि हिजो साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । यस्तै, बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको गएराति मृ*त्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का ६२ वर्षीय पुरुषको उपचारकै क्रममा निधन भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । कोरोनासँग मिल्दोजुल्दो लक्षणसहितको ज्वरो आएपछि उहाँ साउन ३२ गते मेडिकल कलेजमा भर्ना हुनुभएको थियो । हिजो दिउँसो उहाँको पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । हिजो नै निमोनिया देखिएको र श्वास प्रश्वासमा समस्या आएपछि राति पौने १२ बजेतिर मृत्यु भएको हो । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृ*त्यु हुनेको संख्या ४ पुगेको छ । उता, काभ्रेको धुलिखेलमा कोरोना संक्रमणबाट थप एक जनाको मृ*त्यु भएको छ । धुलिखेल अस्पतालमा उपचाररत धुलिखेल– ७ का ९८ वर्षिय पुरुषको मंगलबार मृ*त्यु भएको हो । स्वासप्रश्वास र घाँटीमा सममस्या भएपछि उन्लाई साउन २६ गते अस्पताल भर्ना गरिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई आइसीयुमा राखेर उपचार गरिएको थियो । यस्तै, कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृ*त्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्या*न गएको हो ।