काठमाडौं-पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा एक पछि अर्को आशलाग्दा गितहरुको आगमन भै नै रहेको छ । लगानी अनुसार आम्दानी हुँदै नभए पनि लगानी गर्ने जमात कमि भने छैन । आउदै गरेको हरितालिका तिजको शुभकामना सहित युवा पुस्तालाई मध्या नजर गर्दै S3K Entertainment को प्रस्तुतीमा केशब बडुको संगीत संयोजन शर्मिला रायमाझी र कमल बिसीको स्वरमा तिज ब्याटल”बोको”बोलको गितसार्वजनिक भएको छ ।
बोको गीतको टाईटल हेरेर केहि बिबादमा आए पनि गीतले भने म्युजिक भिडियो हेरिसके पछी राम्रै प्रतिक्रिया आएको छ । गायक कमल बिसीलाई पनि केहि संजालबाट नराम्रो प्रतिक्रिया आएका छन् । यसै सन्दर्भमा गायक कमल बिसी भन्नुहुन्छ – गितको बास्तविकता एका तिर छ केहि कमजोरी हाम्रो पनि होला गीतको म्युजिक भिडियो हेरेर भन्दा पनि गीतको टाईटल हेरेर नराम्रो प्रतिक्रिया पाएका छौ । यो हामीले आत्मसाथ गर्नु पर्छ । गीतलाई नयाँ तरिकाले सृजना गरेका थियौ त्यस भन्दा पछी हाम्रो टिमले अझै मेहनतका साथ् म्युजिक भिडियो राम्रो बनाउन तर्फ गएका छौ । यहि लामो प्रयास र मेहनतले हामि गालि र तालि सहित यो स्थानमा आउँन सफल भएका छौ । आम दर्शक स्रोता हामि सवैलाई शुभकामना !
सार्वजनिक भएको २४ घण्टा नबित्दै युटुब ट्रेडिङमा आएको छ जुन गीतमा चन्द्रदेव खड्काले शब्द तथा लय संकलन कमल बिसिको रहेको छ भने म्युजिक भिडियो S3K Entertainment अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ । यस म्युजिक भिडियोमा दर्जनौ भन्दा बढी नेपाली गीतसंगीतका म्युजिक भिडियोमा अभिनय गरिसकेका रविना भण्डारी,ऋतु तामाङ,मनिषा पोखरेल र गायिका शर्मिला रायमाझी,कमल बिसी,चिरन्जीवी सापकोटा,लोमस शर्मा समुन्द्र पौडेल र समुन्द्र वाग्ले लगायतको अभिनय रहेको छ ।
मुजिक भिडियोलाई निर्देशक देबेन्द्र कँवरले निर्देशन गरेका छन भने महेन्द्र निरौलाको कोरियोग्राफ रहेको छ । प्रकाश खडकाको उत्कृष्ट छायांकन रहेको यो गितको भिडियो सम्पादन भने राजेश कुमारले गरेका छन् । आशा छ यो गितले पनी बिगतका गित झैँ चर्चा पाउने छ । यो गित म्युजिक भिडियो युनिटका सवैलाई शुभकामना ।