पछिल्लो समय नेपाली नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै विभिन्न गीतहरु बजारमा आइरहेका छन् । यसैबीच तीजलाई लक्षित गर्दै एसथ्रीके इन्टरटेन्मेन्टले तीज ब्याटल सार्वजनिक गरेको छ। आज सार्वजनिक “बोको” बोलको तीज ब्याटलमा कमल विसी माल्दाइ र शर्मीला रायमाझीको आवाज रहेको छ। गीतको शब्द चन्द्रदेव खड्काले लेखेका हुन् भने कमल विसी माल्दाइले लय संकलन गरेका छन् ।
गीतमा तीजलाई लिएर केटा केटीले एक अर्कालाई प्रहार गरेका छन् । गीतको टाइटल “बोको” भएतापनि गीतभित्र त्यस्तो खासै असभ्य शब्दहरु भने छैनन् । तरपनि यो गीत मौलिक तीज गीत भने होइन । गीतलाई लिएर युटुबमा दर्शकको प्रतिक्रिया हेर्दा कतिपयले आजभोलि भइरहेको कुरा उठाइएकोले गीत राम्रो छ भनेका छन् भने कतिपयले यो गीतले वि कृति फैलायो भन्दै प्रतिक्रिया दिएका छन् । आधुनिक शैलीमा बनेको उक्त तीज ब्याटल रिलिज पुर्व नै विवादमा तानिएको थियो। ब्याटलको टाइटल “बोको”लाई लिएर गीत विवादमा तानिएको हो। यद्यपि गीत रिलिज भइसकेपछि भने दर्शक स्रोताले मिश्रित प्रतिक्रिया दिएका छन् ।
एसथ्रीके इन्टरटेन्मेन्टको अफिसियल युटुब च्यानलबाट रिलिज भएको उक्त गीतको भिडियोलाई देवेन्द्र कुंवरले निर्देशन गरेका हुन् । भिडियोमा जिबी चिरन, कमल विसी माल्दाइ,लोमश शर्मा, रितु तामाङ,रबिना भण्डारी , शर्मीला रायमाझी , समुन्द्र पौडेल , मनिषा पोखरेल र समुन्द्र वाग्ले फिचर्ड छन् । नेपालि गीतसंगीतमा चलेको नाम हो जीबी चिरन,कमल बिसी र लोमस शर्मा । युवा पुस्ता माझ यिनीहरुको पछिल्लोपटक छुटै क्रेज रहेको छ । भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने राजेश कुमारले सम्पादन एवम् रंग संयोजन गरेका हुन् ।
हेर्नुस् भिडियो…