काठमाडौं । साउन २ गते,
नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको छ । बिहीबार राति सवा १० बजे सप्तरीको राजविराजका ७३ वर्षीय वृद्धको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या ४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो । मुटुका रोगी उनको स्वास्थ्यमा समस्या देखिएपछि असार ३१ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएको थियो । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा १०१ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १७ हजार ४ सय ४५ पुगेको प्रवक्ता गौतमले बताउनुभयो ।
पछिल्लो २४ घण्टामा २ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनाबाट निको हुनेको संख्या ११ हजार ५ सय ३४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६६ दशमलव एक दुई प्रतिशत हुन् । पछिल्लो २४घण्टामा ४ हजार ६ सय ८८ जनाको मात्र पीसीआर परीक्षण भएको छ । हाल २२ हजार ७ सय ५६ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ५ हजार ८ सय ७१ जना आइसोलेसनमा रहेका छन् ।
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुग्यो, थप १०१ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: शुक्रबार, साउन २ २०७७
- तामाकोशी