रामेछाप । साउन २ गते,
रामेछापमा थप ८ जनाको कोरोना भाइरस कोभिड १९ परीक्षणका लागि स्वाब संकलन गरिएको छ । शुक्रबार सुनापति गाउँपालिकाका ४ र दोरम्बा गाउँपालिकाका ४ जना गरि ८ जनाको स्वाब सङ्कलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि रामेछापमा ५ सय ८ जनाको पीसीआर र ८ सय ९२ जनाको आरडिटी विधिबाट कोरोना परीक्षण गरिएको थियो । यसमध्ये विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २३ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णका अनुसार अहिलेसम्म जिल्ला अस्पतालमा २६ , मन्थली नगरपालिकामा ९३ , रामेछाप नगरपालिकामा ५८ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ५३ , दोरम्बा गाउँपालिकामा १६ , लिखुतामाकोशी गाउँपालिकामा ९१ र सुनापति गाउँपालिकामा १४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । यसमध्ये सुनापति गाउँपालिकाका ४ र दोरम्बा गाउँपालिकाका ४ जना गरि ८ जनाको पीसीआर रिपोर्ट आउन बाँकि रहेको कर्णले बताए ।
जिल्लाको विभिन्न पालिकाहरुमा अहिले २ जना महिला र ६६ जना पुरुष गरि ६८ जना क्वारेन्टिनमा बसेका छन् । स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णका अनुसार मन्थली नगरपालिकामा १० , रामेछाप नगरपालिकामा १२ , खाँडादेवी गाउँपालिकामा १० , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ८ , लिखुतामाकोशी गाउँपालिकामा १४ र सुनापति गाउँपालिकामा ४ गरी जिल्लाभर ६८ जना क्वारेन्टिनमा रहेको पनि बताए । कोरोना भाइरसबाट आउनसक्ने जोखिमतालाई मध्येनजर गरी जिल्लामा अहिलेसम्म ८९ बेडको आइसोलेशन कक्ष र ५ सय ९ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ ।
रामेछापको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्
