राष्ट्रिय जनगणना २०७८ को लोगो र नारा सार्वजनिक
नाराः मेरो गणना मेरो सहभागिता २०७६ कार्तिक ३ गते
सार्वजनिक गर्ने निकायः केन्द्रीय तथ्याकं विभाग
जनगणना हुने मितिः आउदो २०७८ जेष्ठ २५ गते देखि असार ८ गते सम्म
हिमाल आरोहणमा नौलो किर्तिमान
सात महिनामा ८ हजार माथिका १४ हिमाल चढेर नेपाली आरोही निर्मल पुर्जाले हिमाल आरोहणमा नौलो किर्तिमान राखेका छन् । व्रिटिस सेनामा कार्यरत ३६ बर्षिय पुर्जाले अप्रिल २३ मा अन्नपुर्णबाट सुरु गरेको यात्रा अक्टोबर २९ अर्थात २०७६ कार्तिक १२ गते चीनको शिशापाङ्गा हिमालको चुचुरोमा पुगेर आफ्नो कार्य पुरा गरेका थिए । यसअघि यो किर्तिमान पोल्याण्डका जेर्जी कुकुक्जाको नाममा थियो उनले ८ वर्ष लगाएर सन १९८७ मा यो किर्तिमान राखेका थिए ।
फेव्रुअरी २ विश्व सिमसार दिवस
सन् २०१९ को नारा wetlands and climete change
प्रत्येक बर्ष फेब्रुअरी २ तारिकमा मनाइन्छ । सन् १९९७ देखि मनाउन सुरुवात गरिएको हो । नेपालमा पनि सन् १९९७ देखि मनाउन शुरुवात गरिएको हो । आगामी २०२० को नारा wetlands and Biodiversity र २०२१ को नारा wetlands and water हो ।
कालिन्चोक केवलकार
जिल्लाः दोलखा
लम्बाईः ९०० मिटर
सञ्चालनः २०७५ कार्तिक १७ देखि
क्षमता र लागतः ४ ओटा डब्बा भएको ४५ करोड लागतमा
मुलुककै तेस्रो केवलकार कुरी देखि कालिन्चोक सम्म
यसअघि नेपालमा मनकामना केवलकार २ किलोमिटर ८०० मिटर २०५५ मंसिर ८ र चन्द्रागिरी केवलकार २ किलोमिटर ४०० मिटर २०७३ मंसिर ३० देखि सञ्चालनमा
नेपालमा बाग गणना २०१८
चितवनः ९३ वटा सन २०१३ अनुसार २७ घटेको
बर्दियाः ८७ वटा ३७ घटेको
बाँकेः २१ वटा १७ थप
पर्साः १८ वटा ११ थप
शुक्लाफाँटाः १६ वटा १ घटेको
सन २०१३ मा १९८ वटा
सन २०१८ मा २३५ वटा ३७ थप भएको
नेपालमा कहिले के घोषणा भयो ?
खुल्ला दिसामुक्त देश घोषणा वि.स. २०७६ आश्विन १३ गते
लोड सेडिङ मुक्त देश घोषणा वि.स. २०७५ बैशाख ३१ गते
बर्डफुलु मुक्त देश घोषणा वि.स. २०७४ जेष्ठ २८ गते
कमलरी प्रथा मुक्त देश घोषणा वि.स. २०७० श्रावण ३ गते
पोलियो मुक्त देश घोषणा वि.स. २०७० चैत १३ गते
बारुदी सुरुङ मुक्त देश घोषणा वि.स. २०६८ जेष्ठ २१ गते
विद्यालय शान्ति क्षेत्र देश घोषणा वि.स. २०६८ जेष्ठ २१ गते
कुष्ठरोग मुक्त देश घोषणा वि.स. २०६६ माघ ५ गते
हलिया प्रथा मुक्त देश घोषणा वि.स. २०६५ भाद्र २१ गते
छुवाछुत मुक्त देश घोषणा वि.स. २०६३ जेष्ठ २१ गते
कमैया मुक्त देश घोषणा वि.स. २०५७ श्रावण २ गते
विफर मुक्त देश घोषणा वि.स. २०३४ बैशाख १ गते
सतिप्रथा मुक्त देश घोषणा वि.स. १९७७ अषाढ २५ गते
–सेवा प्रवेश फास्ट ट्रयाक