काठमाडौं । असार २९ गते,
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । पछिल्लो २४ घण्टामा एक सय ४४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताए । पछिल्लो २४ घण्टामा एक हजार ७ सय ५ जना कोरोना जितेर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए । यो अहिलेसम्मकै बढी हो । हालसम्म कोरोनाबाट निको हुनेको संख्या १० हजार २ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ । निको हुनेहरु ६० दशमलव ७ प्रतिशत हुन् । पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ५६ जनाको पीसीआर परीक्षण भएको छ । हाल २३ हजार ४ सय ७० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ९४५ पुग्यो , थप १४४ जनामा संक्रमण पुष्टि
- प्रकाशित मिति: सोमबार, असार २९ २०७७
- तामाकोशी