नेपालमा कोरोना क्रमितको संख्या १६ हजार ६४९ पुग्यो , ८ हजार बढी कोरोना मुक्त

  • प्रकाशित मिति: शुक्रबार, असार २६ २०७७
  • तामाकोशी

काठमाडौं । असार २६ गते,
नेपालमा कोरोना भाइरसबाट संक्रमितको जम्मा संख्या १६ हजार ६ सय ४९ पुगेको हो । शुक्रबार ११८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । पछिल्लो २४ घण्टामा १२० जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या ८ हजार ११ जना रहेका छन् । अहिलेसम्म संक्रमितमध्ये ४८.१० प्रतिशत निको भइसकेका छन् ।
पछिल्लो २४ घण्टामा ४ हजार ८ सय ३ जनाको मात्र पीसीआर परीक्षण भएको छ । परीक्षण स्वात्तै घटाइएको भन्दै सरकारको आलोचनासमेत भएको छ । हाल २३ हजार ९ सय १० जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३ जना आइसोलेसनमा रहेका छन् । धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ्ग र हुम्ला कोरोनामुक्त भएका छन् । ५ सय बढी संक्रमित भएका जिल्लाहरुमा महोत्तरी, रौतहट, पाल्पा, अछाम, कैलाली र बाजुरा गरी ६ जिल्ला रहेका छन् । अहिलेसम्म कोरोनाबाट ३५ जनाको मृत्यु भएको छ । केही दिनदेखि मृतक थपिएका छैनन् ।