रामेछाप । असार २५ गते,
रामेछापमा हालसम्म ४ सय ७९ जनाको पीसीआर विधि र ८ सय ९२ जनाको आरडीटी विधिबाट कोरोना परिक्षण गरिएको छ । यसमध्ये ४ सय ११ जनाको नेगेटिभ र २३ जनाको पोजेटिभ रिपोर्ट आएकोमा संक्रमित १९ जना कोरोना मुक्त भइसकेको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार अहिलेसम्म मन्थली नगरपालिमा ७३ , रामेछाप नगरपालिमा ५८ ,खाँडादेवी गाउँपालिमा ३३ , गोकुलगंगा गाउँपालिमा १ सय ५३ , दोरम्बा गाउँपालिमा १२ , लिखुतामाकोशी गाउँपालिमा ८५, उमाकुण्ड गाउँपालिकामा ३२ , सुनापति गाउँपालिमा ७ र जिल्ला अस्पतालमा २६ जनाको पीसीआर परीक्षणका गरिएको छ ।
यस्तै जिल्लाको विभिन्न पालिकाहरुमा बनेका क्वारेन्टिनमा अहिले १ सय २५ जना बसेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएका महिला ९ र पुरुष १ सय १६ जनालाई क्वारेन्टिनमा राखिएको हो । उमाकुण्ड गाउँपाकिलामा १० , मन्थली नगरपालिकामा ३२ , रामेछाप नगरपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा १० , दोरम्बा गाउँपालिकामा ४ , खाँडादेवी गाउँपालिकामा १७ , सुनापति गाउँपालिकामा ३ र लिखुतामाकोशी गाउँपालिकामा ३२ जना गरी १ सय २५ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख कर्णले जानकारी दिए । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ८९ शैयाको आइसोलेशन कक्ष र ५ सय ९ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा १२५ जना क्वारेन्टिनमा, ४५ जनाको पीसीआर रिपोर्ट आउन बाँकि
- प्रकाशित मिति: बिहिबार, असार २५ २०७७
- तामाकोशी