रामेछापका १९ जना कोरोना मुक्त

  • प्रकाशित मिति: बुधबार, असार २४ २०७७
  • तामाकोशी

रामेछाप । असार २४ गते ,
रामेछापका १९ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । भारत लगाएतका विभिन्न ठाउँबाट आएर क्वारेन्टिनमा बसेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये बुधबारसम्म १९ जनालाई निको भएपछि  डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । स्वास्थ्य कार्यालय रामेछापले कोरोना भाइरस कोभिड १९ बारे बुधबार दिएको जानकारी अनुसार अब जिल्लामा ३ जना संक्रमित निको हुन बाँकि छ । अहिलेसम्म मन्थली नगरपालिकाका २ जना , गोकुलगंगा गाउँपालिकामा ११ जना र लिखुतामाकोशी गाउँपालिका ६ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले लिखुतामाकोशी गाउँपालिकाका ३ जनाको गाउँपालिकाकै आसोलेशनमा उपचार भैरहेको छ । स्वास्थ्य कार्यालयका अनुसार उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य छ । यसअघि विभिन्न समयमा गरी मन्थली नगरपालिकामा २ जना , गोकुलगंगा गाउँपालिकामा ११ जना र लिखुतामाकोशी गाउँपालिकामा १० जना गरी २३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

रामेछाप जिल्लाको पछिल्लो कोरोना अपडेट हेर्नुहोस्