रामेछाप । असार २३ गते,
रामेछाप जिल्लामा पनि घरबाहिर निस्किदा मास्क नलगाउनेलाई कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार एक सूचना प्रकाशन गरी घरबाहिर निस्किनेलाई मास्क अनिवार्य गरेको हो । सोमबार गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न प्रहरी र ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेको र सोहि परिपत्र अनुसार रामेछापमा पनि प्रशासनले घरबाहिर निस्किले मस्क अनिवार्य गरेको हो । मास्को प्रयोग नगर्नेलाई कानुन बमोजिमको कार्बाही गरिने प्रशासनले जनाएको छ । दिनदिनै कोरोना संक्रमित बढीरहेको अवस्था स्मरण गराउदै प्रशासनले आवश्यक सुरक्षा सतर्कता सहित बैंक, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, ब्यापार ब्यवासाय, कृषिलगाएतका काम गर्न आह्वन गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ को नियन्त्रण तथा प्रतिकार्यका लागि नेपाल सरकारले बन्दाबन्दीलाई आगामी साउन सात गते सम्मको लागि सरेको सरकारले जनाएको छ । प्रशासनद्वारा जारी सूचनामा (कोरोना संक्रमण दर बढदै जानु र अर्का तर्फ न्युनतम सामाजिक दुरी कायम नगर्ने, विना मास्क घर बाहिर हिडडुल गर्ने, अनावश्यक भिडभाड गर्ने, सेवा प्रदायक र ब्यवसायीलाई न्युनतम सुरक्षा मापदण्ड पालना गर्नरगराउनु वेवास्था गर्ने प्रवृति बढदै गएको पाइएकाले नेपाल सरकारबाट जारी जनस्वास्थ्य र सुरक्षाका मापदण्ड, निर्णय र आदेश कडाई पूर्वक पालना गर्नुरगराउनु हुन, घर बाहिर निस्कादा मास्कको प्रयोग अनिवार्य गर्नरगराउने सम्बन्धित सबैमा जानकारी गराइन्छ भनिएको छ । सूचनामा आदेशको अवज्ञा गर्ने क्रम नरोकिएमा, अटेरी गर्ने उपर प्रचलित कानुन बमोजिम कारबारी गरिने ब्यहोरा सूचित गरिन्छ भनिएको छ ।
यस्तो छ जिल्ला प्रशासन कार्यालय रामेछापद्धारा प्रकाशित सूचना हेर्नुहोस्
