रामेछाप । असार २२ गते,
रामेछापका २३ मध्ये १७ जना संक्रमितले कोरोना भाइरस कोभिड १९ लाई जितेका छन् । भारत लगायत विभिन्न स्थानबाट आएर जिल्लाको विभिन्न पालिकाको क्वारेन्टिनमा बसेका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । हालसम्म १७ जनालाई कोरोना निको भएपछि डिस्चार्ज गरिएको स्वास्थ्य कार्यालय रामेछापका निमित्त प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए । उनले कोरोना संक्रमण पुष्टि भएका ५ जनाको आइसोलेशनमा उपचार भैरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । यसअघि विभिन्न समयमा मन्थली नगरपालिकामा २ जना , गोकुलगंगा गाउँपालिकामा ११ जना र लिखुतामाकोशी गाउँपालिकामा १० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
रामेछापका १७ जना संक्रमित कोरोना मुक्त
- प्रकाशित मिति: सोमबार, असार २२ २०७७
- तामाकोशी