ओखलढुङ्गा । असार २२ गते,
भारतबाट आएपछि कोरोना सङ्क्रमण देखिएका ओखलढुङ्गाका एक युवाले कोरोना जितेका छन् । वीरगञ्ज हुँदै लिखु गाउँपालिकामा रहेको घर आएका उनलाई असार ७ गते क्वरेण्टीनमा बसेको समयमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको थियो । कामको सिलसिलामा भारत बस्दै आएका २८ वर्षीय युवक असार ३० गते घर आएका थिए । कोरोनामुक्त भएपछि उनी कोरोना अस्पताल विराटनगरबाट सोमबार डिस्चार्ज भएका हुन् । संक्रमित युवक १४ दिन उपचारपछि निको भएर घर फर्किएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । सोमबार बिहानसम्म ती युवाबाहेक जिल्लामा अरुलाई कोरोना सङ्क्रमण देखिएको छैन । उनीँ डिस्चार्ज भएसँगै ओखलढुङ्गा सङ्क्रमणमुक्त भएको छ ।
ओखलढुङ्गाका एक युवकले १४ दिनमा कोरोना जिते
- प्रकाशित मिति: सोमबार, असार २२ २०७७
- तामाकोशी